तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमद्वारा प्रदेश एक पराजित

काठमाडौँ । तीव्र गतिका बलर हेमन्त धामीको सानदार बलिङमा सुदूरपश्चिम प्रदेशले यू १९ राष्ट्रिय प्रतियोगिता प्रदेश एकलाई २ सय १३ रनको फराकिलो जित हात पारेको छ ।

लगातार चौथो जितसँगै सुदूरपश्चिम फाइनल नजिक पुगेको छ । जितको लागि २ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक १६.३ ओभरमा ५१ रनमा अल आउट भयो ।

प्रदेश एकका भूपाल दंगालले ३२ बलमा १० रन बनाए । प्रदेश एकका १० खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । तीव्र गतिका बलर हेमन्त धामीले शीर्ष क्रमका पाँच ब्याटर आउट गरेपछि सुदूरले सानदार जित हात पारेको हो ।

आकाश चन्दले ३ विकेट लिए । मिलन बोहराले २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६४ रन बनायो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button