तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज-रक्सौल सीमा नाकाबाट ७७ किशोरीको उद्धार

वीरगञ्ज । मानव बेचबिखन विरुद्ध कार्यरत वीरगन्जका २ संस्थाले चालु आर्थिक बर्ष २०७९/०८० को ४ महिनामा ७७ जना किशोरी तथा युवतीहरूलाई शङ्कास्पद अवस्थामा भारत जान लागेको भेटिएपछि सीमा क्षेत्रबाट फिर्ता गरेका छन् ।

माइती नेपाल वीरगन्ज आवधिक गृह र आफन्त नेपाल वीरगन्ज शाखाले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा वीरगन्ज नाकाबाट ४३ चेलीबेटीलाई सीमाबाट फर्काएका हुन् । असुरक्षित रुपमा भारत गई बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै उनीहरुलाई दुवै संस्थाका सीमामा खटिएका स्वयंसेवकहरूले भारत जानबाट रोकेका थिए ।

माइती नेपाल आवधिक गृहकी प्रमुख गोमा पौडेलका अनुसार यस अवधिमा सीमाबाट ४३ र भारतबाट ८ महिला तथा बालबालिकालाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

भारतबाट उद्धार गरी ल्याइएका ८ जनामध्ये १ बालक र आर्केष्ट्राबाट ४ महिलाको उद्धार गरिएको हो ।

अन्य ३ जना युवती भने भारतीयसँग प्रेम विवाह गरी भारततर्फ गएकोमा उनीहरूको अभिभावकको उजुरीपछि भारतीय प्रहरीको सहयोगमा उद्धार गरी फिर्ता ल्याइएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button