तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुर-१ को मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन

फाइल तस्बिर

काठमाडौँ ।  निर्वाचन आयोगले मतगणना पूर्व जे जस्तो सहमति भएको हो सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन उदयपुर जिल्लाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनाबारे उक्त कार्यालयलाई आयोगले मङ्सिर ११ गते पत्रमार्फत सो निर्देशन दिएको हो । 

आयोगले एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको मङ्सिर ४ र ५ गतेको आयोगको पत्र बमोजिम मतगणना कार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button