तपाईँ सुन्दै हुनुहुन्छः

झापामा दलविहीन उम्मेदवार मतदाताबाट अस्वीकृत

भद्रपुर झापा । झापामा प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी दिएका दलविहीन सबै स्वतन्त्र उम्मेदवार पराजित भएका छन् ।

जिल्लामा उम्मेदवारी दिएका सबै स्वतन्त्र उम्मेदवारलाई मतदाताले विजयी हुने गरी मत दिएनन् । त्यसका कारण सबै पराजित भए ।

५ वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभामा २९ जना र प्रदेशसभाका लागि १७ जना स्वतन्त्रले उम्मेदवारी दिएका थिए ।

यीमध्ये प्रतिनिधिसभातर्फ झापा क्षेत्र नं २ मा स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका भद्रप्रसाद नेपालले मात्र सम्मानजनक मत प्राप्त गर्नुभयो । गठबन्धनका उम्मेदवारलाई पछि पार्दै उहाँ उपविजेता बन्नुभयो । 

नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको यो क्षेत्रमा नेपालले २६ हजार ४५५ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button