तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी-३ मा एमालेका भगवती चौधरीको अग्रता कायमै 

सुनसरी । प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेका उम्मेदवार भगवती चौधरीको अग्रता कायम रहेको छ ।

पछिल्लो मतगणनामा चौधरीले काँग्रेसका विजयकुमार गच्छदारलाई ४ हजार २१० मतान्तरले पछि पार्नुभएको छ ।

चौधरीले ३० हजार १५५ मत प्राप्त गर्दा गच्छदारले २५हजार ९४५ मत पाउनुभएको छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार १२३ मत पाउनुभएको छ । 

अब गढी गाउँपालिकाको ५ र ६ तथा बर्जु गाउँपालिकाको मतगणना गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button