तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग दाहाल र नेपालको छुट्टाछुट्टै भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छुट्टाछुट्टै भेटवार्तामा मङ्सिर ४ गते सम्पन्न निर्वाचनको परिणाम, आगामी सरकार गठन तथा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रेडियो नेपाललाई जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button