तपाईँ सुन्दै हुनुहुन्छः

इटालीको दक्षिणी टापुमा पहिरोमा परी सात जनाको मृत्यु

 काठमाडौं । इटालीको दक्षिणी टापु इस्कियामा निरन्तरको वर्षा पछि गएको पहिरोमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । 

पहिरोमा परी पाँच जना बेपत्ता भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । 

इस्कियाको सबै भन्दा ठूलो पहाडबाट पहिरो झरी तल सहरमा रहेका घरहरू पुरेको रोयटर्सले जनाएको छ । 

पुरिएकाको खोजी कार्य र उद्धार जारी रहेको त्यहाँको प्रहरीले बताएको छ ।

पर्यटकीय नगरी इस्कियामा विगत केही दिन देखी अधिक वर्षा भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button