सर्लाहीमा निर्वाचित १२ जना मध्ये ६ जान पुरानै र ६ जना नयाँ अनुहारका
सर्लाही । सर्लाहीबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित १२ जनामध्ये ६ जान पुरानै र ६ जना नयाँ अनुहारका दोहोरिएका छन् । प्रतिनिधिसभा सदस्य तर्फ १ नम्बर क्षेत्रबाट निर्वाचित रामप्रकाश चौधरी र क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेती नयाँ अनुहार हुनुहुन्छ ।
चौधरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट निर्वाचित हुनुभएको हो भने उप्रेती नेकपा एमालेबाट विजयी हुनुभएको हो । तर, उप्रेती २०७० को दोस्रो संविधानसभा चुनावमा यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो।अन्य दुईजना प्रतिनिधिसभा सदस्यमा पुनः पुरानै अनुहार दोहोरिनु भएको छ । क्षेत्र नम्बर २ मा माओवादी केन्द्रबाट निर्वाचित उम्मेदवार महिन्द्र राय यादव र क्षेत्र नम्बर ४ बाट स्वतन्त्रमा निर्वाचित उम्मेदवार डा अम्रेशकुमार सिंह पुनः दोहोरिनु भएको हो।
रायले लोसपाका उम्मेदवार राजेन्द्र महतोलाई हराउँदै निर्वाचित हुनुभएको हो भने सिंहले नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति नागेन्द्र रायलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो। सिंह २०७४ को प्रतिनिधिसभा सदस्य चुनावमा नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ। त्यसैगरी प्रदेशसभा सदस्य तर्फ पनि चार जना पुराना सदस्य पुनः दोहोरिनु भएको छ । क्षेत्र नम्बर १ को दुवै प्रदेशसभा सदस्यमा पुरानै अनुहारका बेची लुङगेली र उप्रेन्द्र महतो निर्वाचित हुनुभएको छ।
एकीकृत समाजवादी पार्टीका उम्मेदवार लुङगेली क्षेत्र नम्बर १ (ख) बाट विजयी हुनुभएको हो भने लोसपाका उम्मेदवार महतो (क ) बाट निर्वाचित हुनुभएको हो। त्यसैगरी क्षेत्र नम्बर ३ प्रदेश (क) बाट नयाँ अनुहारका स्वतन्त्र उम्मेदवार जवहारलाल कुशवाहा निर्वाचित हुनुभएको छ भने प्रदेश ( ख) बाट पुरानै जसपाका उम्मेदवार सञ्जय यादव दोहोरिनु भएको छ। त्यसैगरी क्षेत्र नम्बर ४ को प्रदेश( क) बाट पुरानै नेपाली काँग्रेसका उम्मेदवार वीरेन्द्र प्रसाद सिंह दोहोरिनु भएको छ भने प्रदेश (ख)बाट माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो नयाँ अनुहार निर्वाचित हुनुभएको छ।
त्यसैगरी क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका जंगीलाल राय निर्वाचित हुनुभएको छ । तर, राय प्रदेशसभा सदस्यका लागि नयाँ सदस्य भएपनि यहाँ २०७० को दोस्रो संविधानसभामा चुनावमा त्यसै क्षेत्रबाट निर्वाचित संविधानसभाका पूर्व सदस्य हुनुहुन्छ ।त्यसैगरी प्रदेश (ख ) बाट काँग्रेसका नयाँ उम्मेदवार कौशलकिशोर राय निर्वाचित हुनुभएको छ।
प्रतिक्रिया राख्नुहोस्