तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा अन्तर्राष्ट्रिय भाषा सम्मेलन आयोजना

काठमाडौँ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय भाषा सम्मेलन आयोजना गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभाग र भाषा विज्ञान समाज नेपालको आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय भाषा सम्मेलनमा नेपाल भारत अमेरिका बेलायत लगायत १९ मुलुकका ३४ विश्वविद्यालयका प्रोफेसर एवं भाषा विज्ञहरुको सहभागिता रहेको छ ।

चार दिने सम्मेलनमा विभिन्न ६५ भाषाका १२० कार्यपत्रहरू प्रस्तुत गरिने सम्मेलनका संयोजक डा भिमलाल गौतमले जानकारी दिनुभयो ।

नेपालको विभिन्न भाषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button