तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्यक्षमा भन्दा समानुपातिकमा बदर मत धेरै

गोरखा  । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ मा एक लाख १५ हजार तीन सय ९७ मतदाता रहेकोमा ६० हजार दुई सय ८२ मत खसेको थियो । जसमध्ये ५७ हजार दुई सय ३१ मत सदर भयो भने तीन हजार ५१ मत बदर भयो । 

२०७४ को निर्वाचनमा यस क्षेत्रमा ६३ हजार छ सय चार मत खसेको थियो । जसमा ५९ हजार दुई सय ८४ मत सदर र चार हजार तीन सय २० मत बदर भयो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ अहिलेको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ मा ५६ हजार तीन सय ६२ मत सदर भयो भने तीन हजार पाँचसय ८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा धेरै मत बदर भएको छ ।

गोरखा क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभामा पनि प्रत्यक्ष र समानुपातिकतर्फ धेरै मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गोरखा क्षेत्र नं २ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुल एक लाख पाँच हजार दुई सय ४० मतदाता रहेकोमा जम्मा ५४ हजार ४४ मत खसेको थियो । तीमध्ये ५० हजार नौ सय १८ मत सदर भयो भने तीन हजार एक सय २६ मत बदर भयो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ ५१ हजार दुई सय १४ मत सदर भयो भने दुई हजार नौ सय ५९ मत बदर भयो । प्रतिनिधिसभातर्फ समानुपातिकमा भन्दा प्रत्यक्षतर्फ धेरै मत बदर भएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि गोरखा क्षेत्र नं २ को प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ ६० हजार एक सय १५ मत खसेको थियो । त्यो बेला ५७ हजार ४ सय ७९ मत सदर भए भने २ हजार ६ सय ३६ मत बदर भएको थियो ।

त्यस्तै, प्रदेशसभामा पनि प्रत्यक्ष र समानुपातिकतर्फ बदर मतको सङ्ख्या धेरै देखिन्छ । गोरखा क्षेत्र नं १ को प्रदेशसभा ‘१’ मा प्रत्यक्षतर्फ कुल ६० हजार मतदाता रहेकोमा ३० हजार चारसय ९४ मत खसेको थियो । तीमध्ये २९ हजार चारसय ४४ मत सदर भए भने एक हजार ५० मत बदर भयो ।

गोरखा क्षेत्र नं १ को प्रदेशसभा ‘२’ मा प्रत्यक्षतर्फ कुल ५४ हजार छ सय ५३ मतदाता रहेका छन् । यहाँ २९ हजार छ सय ४९ मत खसेको थियो । जसमा कुल २८ हजार चारसय ८७ मत सदर र एक हजार एकसय ६२ मत बदर भयो ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या अझै घटेको छैन । प्रत्येक पटकको निर्वाचनमा बदर मतको सङ्ख्या पटक पटक दोहोरिने गरेका छन् । 

मतदाता शिक्षा निर्वाचन आयोग र कार्यालयले वडा तहसम्म सञ्चालन गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइराला बताउनुहुन्छ ।

गोरखा क्षेत्र नं १ को प्रदेशसभा ‘१’ र ‘२’ मा समानुपातिकतर्फको बदर मत सङ्ख्या पनि धेरै नै देखिन्छ । यहाँ कुल एक लाख १५ हजार तीनसय ९७ मतदाता रहेकोमा जम्मा ६० हजार नौसय १६ मत खसेको थियो ।

जसमा ५६ हजार पाँच सय ९३ मत सदर भए भने चार हजार तीन सय २३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभामा पनि प्रत्यक्ष तर्फभन्दा समानुपातिक तर्फको मत धेरै बदर भएको निर्वाचन अधिकृतको कार्यालयमा रहेको तथ्याङ्कमा उल्लेख छ ।

गोरखा क्षेत्र न २ को प्रदेशसभा ‘१’ को प्रत्यक्षतर्फ कुल ५० हजार तीनसय ७६ मतदाता रहेकोमा २६ हजार चारसय ९८ मत खसेको थियो । 

त्यसमध्ये २५ हजार दुईसय ८५ मत सदर भए भने एक हजार दुई सय १३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै, गोरखा क्षेत्र नं २ को प्रदेशसभा ‘२’ को प्रत्यक्षतर्फ कुल ५४ हजार आठ सय ६४ मतदाता रहेकोमा २४ हजार एकसय ४३ मत खसेको थियो । त्यसमध्ये २३ हजार एक सय मत सदर भयो भने एक हजार ४३ मत बदर भयो ।

गोरखा क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ‘१’ र ‘२’ मा समानुपातिकतर्फ कुल एक लाख पाँच हजार दुई ४० मतदाता रहेकामा जम्मा ५३ हजार नौ सय ४१ मत खसेको छ । जसमा ४९ हजार मत सदर भयो भने चार हजार एकसय १८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी नबनाउँदा मतको सङ्ख्या बढेको देखिन्छ । 

२०७४ सालमा र हालै सम्पन्न भएको २०७९ को निर्वाचनमा बदर मतको सङ्ख्यामा अन्तर छैन । अहिले मत नै कम खसेका बेला पनि बदर दर भने पहिले भन्दा धेरै छ ।

एकभन्दा धेरै निर्वाचन चिन्हमा छाप लगाएका कारण बदर भएको सङ्ख्या गोरखामा धेरै छ । 

मतपत्रमा ल्याप्चे लगाउने, स्वस्तिक छाप नलगाई मतपत्र खसाल्ने गर्दा धेरै मतपत्र बदर भएको देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button