तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मी–१ मा ज्ञवालीलाई हराउदै कांग्रेसका भण्डारी विजयी

गुल्मी । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी हुनुभएको छ । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि पार्दै उहाँ  विजयी हुनुभएको हो । 

यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेकामा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गर्नुभयो । 

आज दिउँसो १ बजे सकिएको मतगणनापछि भण्डारीको विजयी घोषणा गरिएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो । यहाँ कूल एक लाख १९ हजार दुई सय ८८ मतदाता थिए । गुल्मीको सदरमुकाम तम्घाससँगै पूर्वी यो क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका–७ देखि १४ सम्मका वडा पर्दछन् । 

यो विजयसँगे कांग्रेसका भण्डारी दुई पटक सांसद बन्नुभएको छ । उहाँले २०७० मा पनि यसै क्षेत्रमा विजयी हासिल गर्नुभएको थियो । २०६४ देखि सँगसँगै निर्वाचन लडेका ज्ञवाली र भण्डारीले दुई/दुई पटक चुनाव जित्नुभयो  । विसं २०६४ र ७४ मा भने यस क्षेत्रबाट ज्ञवाली विजयी हुनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button