तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनले जनता लोकतन्त्रको पक्षमा छन् भन्ने प्रमाणित गरेको छ : वरिष्ठ नेता पौडेल

दमौली I नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनले जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित गरेको बताउनुभएको छ । 

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले आज दमौलीमा आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई विजयी गराएर जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित भएको बताउनुभयो । लोकतान्त्रिक आन्दोलनको इतिहासलाई सम्मान गर्ने पक्षमा जनता रहेको भन्दै उहाँले जनतालाई शीरमा राखेर काम गर्ने बताउनुभयो । जनतामा केही कुराको असन्तुष्टि रहेको भन्दै पौडेलले जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

हरेक कुरामा खरो रुपमा उत्रिन सक्नुपर्ने भन्दै पौडेलले देशमा अपार सम्भावना हुँदाहुँदै पनि नेपाल पछाडि परेको बताउनुभयो । “नेपालमा अथाह सम्भावना छ, तर पनि नेपाल पछाडि परेको छ,” पौडेलले भन्नुभयो । 

तनहुँ–२ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहुँको विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

तनहुँ–१ ९१० सांसद अशोककुमार श्रेष्ठले गठबन्धनको विजयले समाज रूपान्तरणमा सहयोग पुग्ने उल्लेख गर्दै जनताले बोकाएको भारी सफलतापूर्वक सम्पन्न गर्ने बताउनुभयो । “प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा भारी बोकेको अनुभव भइरहेको छ, यसलाई सफलतापूर्वक सम्पन्न गराउन कटिबद्ध छौँ, जनताका बीचमा बोलेका कुरा पूरा गरेरै छाड्छौँ”, उहाँले भन्नुभयो । 

तनहुँ क्षेत्र नं १ प्रदेशसभा ९२० बाट निर्वाचित नेकपा ९माओवादी० केन्द्र० का हरिबहादुर चुमानले सबैको साझा प्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तनहुँ क्षेत्र नं २ प्रदेशसभा ९२० बाट निर्वाचित नेपाली कांग्रेसका जीतप्रकाश आलेले सच्चा जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने प्रमाणित गरेर देखाउने बताउनुभयो । “तनहुँका जनतालाई लज्जा बोध हुने अवस्था आउन दिन्नौँ, जनतामाझ जे कुरा बोलेका थियौ त्यसलाई पूरा गरेरै छाड्छाँै,” उहाँले भन्नुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button