तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाही–४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी

सर्लाही । प्रतिनिधि सभा सदस्यमा सर्लाही क्षेत्र नं. ४ बाट डा.अमरेश कुमार सिंह निर्वाचित हुनुभएको छ ।

स्वतन्त्र उम्मेदवार डा. सिंह २००१७ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । क्षेत्र नं. ४ मा नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिनुभएका सिंहले नेपाली काँग्रेसकै उम्मेदवार नागेन्द्र कुमार रायलाई १७६४ मतान्तरले पराजित गर्नुभयो । रायले १८२५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शम्भु बरालले जानकारी दिनुभयो ।

यसैगरी क्षेत्र नं. ४ कै प्रदेश सभा (क) र (ख) मा सता गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ । मधेश प्रदेश सभा सदस्यमा क्षेत्र नं. ४ (क) मा दोस्रो कार्यकालको लागि नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्र प्रसाद सिंह निर्वाचित हुनुभएको छ । उहाँले १५६९३ मत ल्याएर विजयी हुनुभएको हो । सिंहको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु रायले १४६१६ मत प्राप्त गर्नुभयो ।

यसैगरी प्रदेश सभा (ख) मा माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो विजयी हुनुभएको छ । महतो ८०३३ मत ल्याएर विजयी हुनुभएको हो । महतोका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवी यादव ७६७६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button