तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष ओली र दाहालबीच बधाई आदानप्रदान

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकामा बधाई दिनुभएको हो ।

माओवादी अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको छ । बधाई तथा शुभकामना दिन पुगेका माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले टेलिफोन गरेर बधाई दिएको जानकारी दिनुभएको थियो ।

अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार उहाँहरूबीच एकअर्कालाई निर्वाचित भएकामा बधाई आदानप्रदान गर्नुभएको थियो । एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button