तपाईँ सुन्दै हुनुहुन्छः

सिरहा–१ मा एमालेका यादव विजयी

सिरहा । सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामशङ्कर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहेका जनमत पार्टीका युगलकिशोर साहले छ हजार आठ सय ४९ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा कूल एक लाख छ हजार दुई सय एक मतदाता रहेकामा ६९ हजार आठ सय २६ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button