तपाईँ सुन्दै हुनुहुन्छः

रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी

file photo

रौतहट । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत रौतहटको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ६ हजार ६ सय मतान्तरले विजयी हुनुभएको छ । 

उहाँले ३३ हजार ५ सय २२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले २६ हजार ९ सय २२ मत प्राप्त गर्नुभएको छ । 

योसँगै यस क्षेत्रको निर्वाचन गठबन्धनका सबै उम्मेदवार विजयी हुनुभएको छ । 

यस्तै प्रदेशसभाको क्षेत्र नम्बर १ को (ख) मा नेपाली काँग्रेसका कृष्णप्रसाद यादव विजयी हुनुभएको छ उहाँले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८१ मतान्तरले पराजित गर्नुभएको हो । 

नेपाली काँग्रेसको मधेश प्रदेश सभापति समेत रहनुभएका यादवले १२ हजार ४ सय ८१ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी चौधरीले ११ हजार ४ सय मत प्राप्त गर्नु भएको छ । 

यस्तै  क्षेत्र नम्बर १ (क) का लागि प्रदेशसभा सदस्यमा नेपालीका काँग्रेसका नागेन्द्र साह विजयी हुनुभएको छ ।

उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकिशोर प्रसाद यादवलाई १ हजार ६ सय ३९ मतान्तरले पराजित गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button