तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरु

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरूको क्षमता परीक्षण गर्न आजदेखि क्यालिब्रेसन उडान सुरु भएको छ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा आएको थियो ।

आज दिउसो १ बजेदेखि पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको टावरसँग समन्वय गरी उडान गरिएको विमान स्थल आयोजना निमार्ण प्रमुख विनेश मुनमर्कीले बताउनुभयो ।

एरो थाईको प्राविधिक टोलीले ५ मङ्सिरदेखि १२ गतेसम्म विमानस्थलमा जडित कम्युनिकेसन, नेभिगेसन र सर्बिलेन्स उपकरणको परीक्षण गर्नेछ । विमानस्थलमा बिहान १० देखि १ बजेसम्म र दिउँसो साढे २ देखि ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो  । यान्त्रिक परीक्षणका लागि क्याप्टेनसहित आठ जनाको विज्ञ टोली पोखरामा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button