तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँका सबै क्षेत्रको मतगणना आजै सुरु गरिने, कहाँ कहाँ हुँदैछ गणना ? 

काठमाडौँ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रको मतगणना आज रातिदेखि नै सुरु गरिने भएको छ। 

जिल्ला निर्वाचन कार्यालय काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौँका १० वटै  निर्वाचन क्षेत्रको मतगणना आज रातिबाटै सुरु  गर्न लागिएको हो । 

१० वटै निर्वाचन क्षेत्रको मतगणना फरक–फरक स्थानमा हुने पनि निर्वाचन अधिकारी भट्टराईले जानकारी दिनुभयो । 

कहाँ कहाँ हुँदैछ गणना ? :
क्षेत्र नम्बर १ को बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा 
क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा
क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा
क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा
क्षेत्र नम्बर–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा
क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकाको धर्मस्थलीमा, 
क्षेत्र नम्बर ७ को जुडो हल बालाजुमा, 

क्षेत्र नम्बर ८ को गीतामाता स्कुल स्वयभूमा
क्षेत्र नम्बर ९ को न्याथम कलेज रवी भवनमा र 
क्षेत्र नम्बर १० को त्रिवि स्मृति भवनमा

प्रतिक्रिया राख्नुहोस्

Back to top button