तपाईँ सुन्दै हुनुहुन्छः

बिपी प्रतिष्ठानले दुई दिन ओपिडी सेवा बन्द गर्ने

सुनसरी  । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुई दिन ओपिडी सेवा बन्द गर्ने भएको छ ।

यही ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रतिष्ठानले दुई दिन ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।

मङ्सिर ४ र ५ गते सरकारले सार्वजनिक बिदा दिने भएकाले प्रतिष्ठानमा इमर्जेन्सीबाहेकका अन्य सेवा बन्द हुने निर्णय भएको बताइएको छ ।

प्रतिष्ठानका अनुसार अस्पतालतर्फको अन्तरङ्ग सेवा, आकस्मिक सेवा र पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरू आदि बाहेक बहिरङ्ग सेवा (ओपिडी) प्रशासनिक तथा शैक्षिक कार्यालयहरू बन्द रहने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button