तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरमा फेला परेको दुई वटा शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

भद्रपुर, झापा । झापाको सदरमुकाम भद्रपुरको वडा नं ७ स्थित वीरेन्द्र मावि मतदानस्थल अगाडि राखिएको बमजस्तो देखिने दुई वटा शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
‘नो भोट’ र ‘खतरा’ उल्लेख गरिएको दुईवटा शङ्कास्पद वस्तुलाई सेनानी आकृति घिमिरेको कमाण्डमा आएको टोलीले आज बिहान निष्क्रिय पारेको हो ।
उक्त शङ्कास्पद कार्टुन र झोलामा रेडबुलको बट्टाभित्र बालुवा र बिजुलीको तार मात्र राखेर तर्साउन खोजिएको नेपाली सेनाले जनाएको छ ।
वीरेन्द्र मावि मतदान स्थलको पश्चिमपट्टिको गेटमा होजिो बेलुका कार्टुनले प्याक गरिएको वस्तु फेला परेको थियो । त्यसको केही समयपश्चात् उत्तरतर्फको सानो गेटमा अर्को शङ्कास्पद बस्तु रहेको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राति फेला परेकोले शङ्कास्पद वस्तुलाई आज बिहान मात्रै सेनाले निष्क्रिय पारेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button