तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन सामग्री लिएर कर्मचारी मतदानस्थलमा (फोटोफिचर)

कास्की । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचनमा निर्वाचन सामग्री र कर्मचारी व्यवस्थापनको सम्पूर्ण तयारी भएको छ ।

निर्वाचनमा खटिने जनशक्ति व्यवस्थापनका काम सकिएको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।

“टाढा भएको मतदानस्थलका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतसहितको टोली मतदान सामग्रीसहित बिहीबारदेखि मतदानस्थलतर्फ लागेका छन् ‘निर्वाचनका लागि आवश्यक ७० थरी सामग्रीलाई मतदान केन्द्रमा पठाइएको छ ।”

कास्कीमा निर्वाचनका लागि २ हजार ७ सय ५२ कर्मचारी र १ हजार ३२ स्वयंसेवक परिचालन गरिएको कार्यालय प्रमुख पराजुलीले बताउनुभयो । ‘एक मतदान केन्द्र अवस्था हेरिकन २० देखि २५ जना जनशक्ति खटिएका छन् ।

यसअघि कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा खटिने सम्पूर्ण मतदान अधिकृत, सहायक अधिकृतलाई मतदान पूर्व र मतदानपश्चात् गर्नुपर्ने सम्पूर्ण प्रक्रियाका बारेमा अभिमुखीकरणसहितको तालिम गरिएको थियो ।

कास्कीमा १ सय ५० मतदानस्थल र ३ सय ४४ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय पोखरा जनाएको छ ।कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ मतदाता छन् ।

गत स्थानीय निर्वाचनमा भन्दा अहिले १० हजार मतदाता बढेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा १ सय ३४ मतदान केन्द्र छन् । १ लाख १० हजार ७ सय १५ मतदाता छन्। ५८ हजार ६४ महिला र ५२ हजार ६५० पुरुष मतदाता छन् ।

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ ‘१’ मा ५८ हजार ४ सय ४५ मतदाता छन् । जसमा महिला ३० हजार ८ सय २७ र पुरुष २७ हजार ६ सय १७ छन् । अन्य मतदाता १ र ७० मतदान केन्द्र छन् ।

प्रदेश सभा १ ‘२’ मा ६४ मतदान केन्द्र छन् । ५२ हजार २ सय ७० मतदाता रहेकोमा २७ हजार २ सय ३७ महिला र २५ हजार ३३ जना पुरुष मतदाता छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का लागि ९१ मतदान केन्द्र र ७९ हजार १ सय ३८ जना मतदाता छन् । ४२ हजार ४० महिला, ३७ हजार ९७ पुरुष र अन्य १ मतदाता छन ।

प्रदेश सभा २ ‘१’ मा ४२ हजार २ सय ८२ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ । ४९ मतदान केन्द्र तोकिएको छ । २२ हजार ५ सय ८८ महिला र १९ हजार ६ सय ९४ पुरुष मतदाता छन् ।

प्रदेश सभा २ को ‘ख’ मा ४२ मतदान केन्द्र तोकिएको छ । जसमा ३६ हजार ८ सय ५६ मतदाता छन् । १९ हजार ४ सय ५२ महिला र १७ हजार ४ सय ३ पुरुष छन् । प्रतिनिधि सभा ३ नम्बर क्षेत्रमा १ लाख १ हजार ७ सय १५ जना मतदाता छन् । अन्य २, महिला मतदाता ५२ हजार ४ सय १८ र पुरुष मतदाता ४९ हजार २ सय ९५ छन् ।

तथ्यांक अनुसार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र ३ ‘१’ मा ५८ हजार ४ सय ४५ मतदाता रहेका छन् । महिला ३० हजार ८ सय २७ र पुरुष २७ हजार ६ सय १७ मतदाता र अन्यमा १ जना छन् । ७० मतदान केन्द्र रहका छन् । प्रदेश सभा १ को ‘ख’ प्रदेशसभा सदस्यको लागि ६२ केन्द्र र ५२ हजार ८ सय ६२ कुल मतदाता छन् । पुरुष २५ हजार ४ सय ९ र २७ हजार ४ सय ५२ महिला मतदाता छन् ।

प्रदेश सभा ३ ‘२’ मा ४८ हजार ८ सय ५३ मतदाता छन् । महिला २४ हजार ९ सय ६६ र पुरुष २३ हजार ८ सय ८६ मतदाता छन् । ५७ मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button