तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरको धार्मिक तथा पर्यटकीय क्षेत्र जोरपोखरी (फोटोफिचर)

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ५ र वडा नं. ६ को सीमानामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र जोरपोखरी बहुसाँस्कृतिक बहुधार्मिक आस्थाको केन्द्र हो ।  

जोरपोखरी क्षेत्रमा आ–आफ्ना धार्मिक विशेषता छन् । यस क्षेत्रलाई नेपालमा मनाइने सबै धर्महरूको आस्थाको केन्द्र बनाउन स्थानीय लागिपरेका छन् । 

धार्मिक इतिहास बोकेको यो क्षेत्र हिन्दु, किरात, बौद्ध, इसाई लगायत धर्मालवम्बीहरुले समन्वयात्मक तरिकाले अङ्गालेका छन् । जोरपोखरी क्षेत्रमा हिन्दुको ब्रम्हायोग आश्रम शिवालय मन्दिर, किरातको फाल्गुनन्द माङहिम, इसाइको हेब्रन चर्च छन् भने बौद्धको गुम्बा निर्माणाधीन अवस्थामा छ । एक अर्काको धर्म संस्कृतिलाई सम्मान गरी पूजा तथा अन्य कार्यक्रममा सहभागी हुने गरेको स्थानीय कर्णश्याम लावतीको भनाई छ । 

करिब ३ सय वर्षअघि यहाँ देवी पोखरी र सिद्ध पोखरी दुवैको एक साथ उत्पत्ति भएकाले यी दुई वटै पोखरी जोर पोखरीको नामले चिनिँदै आएको छ । 

सदरमुकाम फिदिमदेखि ३० किलोमिटरको दुरीमा रहेको जोरपोखरी क्षेत्रलाई बाह्य पर्यटकको रोजाइमा पार्नको लागी राज्यले ध्यान दिनुपर्ने स्थानीय बताउँछन् । धार्मिक सहिष्णुताको केन्द्र रहेको यस क्षेत्रलाई संरक्षण र संवर्धनमा जोड दिनुपर्ने देखिन्छ । 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button