तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रनगरमा समा–चकेवा उत्सव, उत्कृष्ट हुने पुरस्कृत

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा समा–चकेवा उत्सव सम्पन्न भएको छ । मङ्गलवार गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा समा–चकेवा उत्सव सम्पन्न भएको हो ।

प्रदर्शनीमा उत्कृष्ट हुने क्लबहरूलाई पुरस्कृत समेत गरिएको छ । पुरस्कृत हुने क्लबहरू नव निर्माण युवा क्लब खडका टोल, श्री युनाइटेड यूथ क्लब खडका टोल, श्री जनज्योति युवा क्लब चन्द्रनगर रहेका छन् ।

प्रथम हुने नव निर्माण युवा क्लब खडका टोललाई नगद रु १५ हजार तथा प्रमाणपत्र, दोस्रो हुने श्री युनाइटेड यूथ क्लब खडका टोललाई नगद रु. १० हजार तथा प्रमाण पत्र र तेस्रो हुने श्री जनज्योति युवा क्लब चन्द्रनगरलाई नगद रु ७ हजार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले तराई मधेशमा सांस्कृतिक पर्व जोगाउन र पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण होस भन्ने उद्देश्यका साथ समा–चकेवा उत्सवको आयोजना गरी उत्कृष्ट हुनेहरूलाई पुरस्कृत गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button