तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारद्वारा जिल्ला प्रशासन पर्सामा छापा

बीरगंज  I अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट आएको टोलीले आज दिउँसो जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फाँटमा छापा मारी सेवाग्राहीसँग घुस लिई रहेको अवस्थामा एक जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फाँटमा सेवाग्राहीसँग घुस मागेको गुनासोपछि आएपछि छानबिनका लागि आएको टोलीले सेवाग्राहीसँग ५  हजार रुपैयाँ घुस लिई रहेको अवस्थामा मुद्दा फाँटका कम्प्युटर अपरेटर सञ्जय कुमार यादवलाई रंगेहात नियन्त्रणमा लिएको छ । 

अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाबाट डिएसपी हेम केसीको नेतृत्वमा खटिएको टोलीले जग्गाको रोक्का फुकुवा गरिदिने कामका लागि एक जना सेवाग्राहीसँग घुस बापत पाँच हजार रुपैयाँ लिँदै गरेको अवस्थामा यादवलाई रंगेहात पक्राउ गरेको हो । 

सेवाग्राहीसँग घुस बापत माग गरेको पाँच हजार रुपैयाँ सहित यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । 

अहिले टोलीले मुद्दा फाँटमा रहेका कागजात नियन्त्रणमा लिई पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि हेटौडा लिएर गएको पौडेलले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button