तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय भूमिमा मृत भेटिए  सशस्त्र प्रहरीका असई

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा कार्यरत सशस्त्र प्रहरीका एक जना असईको शव भारत बिहारको नयाँ बस्ती भन्ने स्थानमा भेटिएको छ ।

बिहीबार दिउँसो करिब २ बजेर १५ मिनेटमा सिरहा घर भएका अन्दाजी ४० वर्षीय असई यादवको शव भेटिएको सप्तरी सशस्त्र प्रहरीका एसपी प्रदीप खड्काले जानकारी दिनु भयो ।

प्रहरीले असई यादवको शव ल्याई अहिले  पोष्टमाटमको लागि राजविराज स्थिति गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा पठाएको छ । 

 घटना के कति कारणले भएको हो भन्ने एकिन नभए पनि सामान्य किसिमको नदेखिएको एसपी खड्काले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button