तपाईँ सुन्दै हुनुहुन्छः

घरायसी विवाद : बाबुले गरे आफ्नै छोराको हत्या 

धनकुटा  । धनकुटाको पाख्रिवास नगरपालिका ९ उत्तरपानीमा घरायसी विवादका कारण आज बिहान बाबुले खुकुरी प्रहार  गरी छोराको हत्या  गरेका छन् ।  ५४ वर्षीय बाबु उपेन्द्र ठाडामगरले आफ्नै ३० वर्षीय छोरा सन्तोष ठाडामगरलाई खुकुरी प्रहार गर्दा उहाँको घटना स्थलमै मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

उपेन्द्र ठाडामगरलाई प्रहरीले पक्राउ गरि सकेको छ । घटनाको थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारी सहितको टोली घटना स्थलतर्फ प्रस्थान गरिरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button