तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौँ । अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको मृत्यु भएको वडा नम्बर २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थायी घर भइ हाल ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षीय राजु श्रेष्ठ, उहाँकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी रहेका छन् ।
पहिरोमा पुरिएकाहरुको शव निकालिएको वडाअध्यक्ष तामाङले जानकारी दिनुभयो । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button