तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारीमा दिउँसो ३ः२५ बजेको समयमा पहिरो खसेपछि यस सडक खण्ड पुनः अवरुद्ध भएको हो ।

केराबारीको पहिरो हटाउने काम भइरहेको चितवन प्रहरीले जनाएको छ । पहिरोको मात्रा ठुलो भएकाले बाटो खुलाउन करिब ४/५ घण्टा लाग्नसक्ने प्रहरीको भनाई छ ।

यसअघि बिहान ८ः३० बजे सत्र किलोमा खसेको पहिरो ११ बजे हटाइएपछि सडक खण्ड सञ्चालनमा आएको थियो । बाटो पुनः अवरुद्ध भएपछि दसैँमा टीका लगाउन हिँडेका हजारौँ यात्रुहरू बिचल्लीमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button