तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानको काबुलमा बम विस्फोटन हुँदा ४ जनाको मृत्यु २५ भन्दा बढी घाइते 

काठमाडौं । अफगानिस्तानको राजधानी काबुल स्थित गृह मन्त्रालयको प्राङ्गणमा रहेको मस्जिदमा बम विस्फोटन हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् । 

काबुलमा रहेको गृह मन्त्रालयको प्राङ्गण स्थित मस्जिदमा दिवा कालिन प्रार्थना गर्ने क्रममा विस्फोटन भएको अफगान प्रहरीले उल्लेख गरेको छ । 

विस्फोटनको जिम्मा हाल सम्म कुनै समूहले नलिए पनि इस्लामिक स्टेट अतिवादी समूहले अफगानिस्तानमा यस्ता विस्फोटन गराउँदै आइरहेको छ । 

गत शुक्रबार काबुल स्थित एक विद्यालयमा भएको विस्फोटनमा ५३ जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button