तपाईँ सुन्दै हुनुहुन्छः

रियलको लगातार तेस्रो जित


काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले युक्रेनीक्लब शख्तर डोनेटस्कलाई पराजित गरेको छ । समूह एफ अन्तर्गत गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले शख्तर डोनेटस्कलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा रोड्रीगो र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । त्यस्तै शख्तरका लागि ओलेक्सडर जुबकोभले एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले समूह एफ मा तिनै खेल जितेर ९ अंक हासिल गरेको छ र समूहमा शीर्ष स्थानमा रहेको छ । शख्तरको भने ३ खेलमा ४ अंक छ र समूहमा दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button