तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी दर्ताका तयारी अन्तिम चरणमा

file photo

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी दर्ताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।

यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।

आयोगले स्वीकृत गरेको नामावली विवरणअनुसार  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख अठासी हजार पाँच सय ७० मतदाता हुनेछन् । 

निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गते सम्ममा १८ वर्ष उमेर पूरा हुने अठासी लाख ४७ हजार पाँच सय ७९ महिला, ९१ लाख ४० हजार आठ सय छ पुरुष र एक सय ८५ अन्य गरी एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता नामावली कायम भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button