राप्ती नदीमा पानीको सतह ६.४५ मिटर पुग्यो
नेपालगन्ज । बाँकेस्थित राप्ती नदीले खतराको तह पार गरेको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६ मिटर पार गरेको छ ।
राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । आज साँझ ५ः३० बजे कुसुममा नदीको सतह ६.४५ मिटर पुगेको जल मापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले आज साँझ एक सूचना प्रकाशित गरी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढी आउँछ ।
प्रतिक्रिया राख्नुहोस्