तपाईँ सुन्दै हुनुहुन्छः

सर्वसाधारणद्वारा एकान्त कुमारीको हातबाट टीका ग्रहण

भक्तपुर । विजया दशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीको रूपमा पुजिँदै आएकी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लागेको छ । 

एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरू, कर्माचार्यहरू, गुरु तथा पुरोहितले साइतको टीका लगाएका हुन् । 

कुमारीको हातबाट टीका लगाए पछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताउनुभयो । कुमारीले साइतको टीका लगाए पछि कुमारीको हातबाट टीका लगाउन सर्वसाधारण तलेजु पुगेका छन् ।

अपराह्न चार बजेदेखि सर्वसाधारणका लागि टिका लगाउन खुल्ला गरिएको हो । साँझ छ बजेसम्म कुमारीले टीका लगाइदिने भएपछि सर्वसाधारण टीका लगाउन कुमारी घर पुगेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button