तपाईँ सुन्दै हुनुहुन्छः

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

तेह्रथुम । इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज एक युवकको मृत्यु भएको छ ।

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिनुभयो । उनको घटनास्थलमै मृत्यु भएको हो । 

इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button