तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेस्थित राप्ती नदीले खतराको तह पार 

नेपालगन्ज । बाँकेस्थित राप्ती नदीले खतराको तह पार गरेको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६ मिटर पार गरेको छ । 

राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । आज दिउँसो २ः३० बजे कुसुममा नदीको सतह ६.२३ मिटर पुगेको जल मापन केन्द्र बाँकेले जनाएको छ ।

राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढी आउँछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button