तपाईँ सुन्दै हुनुहुन्छः

स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन अध्यक्ष ओलीको अनुरोध


दमक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण बनाएर स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई अनुरोध गर्नुभएको छ ।

बडादशैं, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा झापाको बिर्तामोडमा महानवमीको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो अनुरोध गर्नुभएको हो ।

प्रत्येक बर्ष महानवमीका दिन ओलीले आफ्नो गृह जिल्ला झापामा सवै राजनीतिक दलहरुलाई समेत बोलाएर शुभकामना आदानप्रदान कार्यक्रम राख्दै आउनुभएको छ । अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने भएकाले स्वच्छ प्रतिस्पर्धा गरौ, उहाँले भन्नुभयो ।

राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्नु सबैको दायित्व भएको उहाँको भनाइ छ । बहुदलीय प्रतिस्पर्धाको अवस्था त्यसै नआएको र यो लडेर ल्याइएको भन्दै ओलीले यसको संरक्षणको दायित्व सबै राजनीतिक दलको रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, माओबादी केन्द्रका नेता रञ्जित तामाङ, जिल्लाका राजनीतिक दलका प्रमुख तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button