तपाईँ सुन्दै हुनुहुन्छः

अर्जुन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु 

दाङ । दाङको अर्जुन खोलामा पौडी खेल्ने क्रममा डुबेर आज दुई जनाको मृत्यु भएको छ । 

लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर रिजर्भ गण अर्जुन खोलाका सशस्त्र प्रहरी नायव निरीक्षक प्रकाश जैसी ढकालले जानकारी दिनुभयो ।

अर्जुन खोलमा आज दिउँसो नुहाउन गएका पाँच जना मध्ये लमही नगरपालिका–४ अर्नहवा निवासी १३ वर्षीय ललित परियार र १० वर्षीय अजित विकको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी नायव निरीक्षक ढकालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button