तपाईँ सुन्दै हुनुहुन्छः

सिट बाँडफाँडको टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

file photo

काठमाडौँ ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । 

बैठकमा पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने प्रयास भइरहेको कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरू सहभागी हुनुहुन्छ । 

यसअघि सिट बाँडफाँडलाई निष्कर्षमा पुर्‍याउन आज बिहान दलहरूका नेताहरू बीच आन्तरिक तथा द्विपक्षीय वार्ता पनि भएको हुनाले जारी बैठकबाट सिट बाँडफाँड टुङ्गो लाग्ने अपेक्षा रहेको राष्ट्रिय जनमोचाका नेता हिमलाल पुरीले बताउनुभयो । 

निर्वाचन आयोगले यही असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्य तालिका निर्धारण गरिसकेको हुनाले दलहरूलाई त्यसअघि नै सिट बाँडफाँट टुङ्गो लगाई सक्नुपर्ने दबाब छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button