तपाईँ सुन्दै हुनुहुन्छः

मासु अड्किएर एक जनाको मृत्यु


चितवन । दशैंमा मासु खानेक्रममा अड्किएर एक जनाको ज्यान गएको छ ।
कालिका नगरपालिका वडा नं. ८ गैरीबारीका ५० बर्षीय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो । अष्टमीको साँझ करिव ७ः३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मासु अड्किएपछि उपचारको क्रममा जुटपानी बजारस्थित मेडिकलमा राती नै लगिएको थियो । मेडिकलमा उपचार हुन नसकेपछि उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिए पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रबक्ता बिजयराज पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button