तपाईँ सुन्दै हुनुहुन्छः

बीरगञ्ज भन्सार नाका चार दिनका लागि बन्द

बीरगंज । दशैं पर्वमा यसपटक बीरगञ्ज भन्सार कार्यालय, आईसिपी आजदेयिख चार दिनका लागि बन्द गरिएको छ । वीरगञ्ज भन्सार कार्यालयले आज सूचना निकालेर आगामी असोज २० गते एकादशीसम्म एकीकृत जाँच चौकी (आईसीपी) बन्द रहने जनाएको छ । अघिल्ला वर्षहरूमा केही कर्मचारी खटाएर भए पनि मालसामान जाँचपास हुुँदै आएको थियो । यसपटक भने दशैंमा चार दिनसम्म वीरगञ्ज भन्सारबाट मालवस्तुको जाँचपास स्थगित हुने भएको छ । यात्रु शाखाबाट भने आवत जावत सहितका सेवाहरु प्रदान गरिने भन्सार कार्यालयले जनाएको छ । यात्रु शाखाबाट मानिसको आवागमन र नेपाल भित्रिने भारतीय सवारीलाई प्रवेश अनुमतिलगायतका काम मात्र हुने जनाईएको छ । विगतमा वर्षमा केही कर्मचारी राखेरै भए पनि मालबस्तुको जाँचपास गर्दै आएकोमा यो वर्ष भन्सारले चार दिनसम्म भन्सार बन्द गरेको र यसबाट आयातकर्तालाई समस्या पर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताउनुभयो । चार दिनसम्म आईसीपी पूर्ण रुपमा बन्द हुँदा अत्यावश्यक सामग्री, फलफूल र तरकारीजस्ता वस्तुको आयातमा समस्या हुने राजपालले बताउनुभयो । आईसीपी बन्द भएपछि भारत र तथा तेस्रो मुलुकबाट मालसामान लिएर आएका ढुवानीका साधन सीमापारि भारतीय क्षेत्रमै बस्नुपर्ने भएको छ । दैनिक ५÷ ७ सय ढुवानीका साधन आउने यो नाकामा रहेको भन्सार बन्द भएपछि भारततर्फ सडकमा यस्ता साधनको लामो जाम लाग्ने र भन्सार खुलेपछि व्यवस्थापनमा समस्या हुने वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button