तपाईँ सुन्दै हुनुहुन्छः

सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी 

फाइल तस्बिर

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । 

आज बिहानैदेखी जारी बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै तर्फको सिट बाँडफाँडलाई अन्तिम रूप दिने गरी छलफल भइरहेको सिट बाँडफाँड कार्यदलका सचिवालय सचिव केशवराज जोशीले जानकारी दिनुभयो । 

बैठकमा सत्ता साझेदार पाँचै दलका शीर्ष नेताहरूसहित सिट बाँडफाँड कार्यदलका सदस्यहरू समेत सहभागी हुनुहुन्छ ।

सत्ता गठबन्धनका दलहरूले यस अघि कार्यदलमार्फत सिट बाँडफाँड टुङ्गो लगाउने प्रयास गरेको भए पनि जसपा र एकीकृत समाजवादीले गठबन्धनमा उचित स्थान नपाएको भनी असन्तुष्टि जनाएपछि आज शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँडको टुङ्गो लगाउन खोजिएको हो । 

गठबन्धन कार्यदलले गरेको सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टीले अन्य दलहरूसँग सहकार्य गर्ने विकल्प समेत खुल्ला राख्ने निर्णय समेत गरिसकेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button