तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानमा बाढीबाट करिब एक हजार सात सयको मृत्यु

इस्लामवाद । पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार सात सय जनाको ज्यान गएको बताइएको छ ।

मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठुलो जनधनको क्षति भएको बताइएको छ । अधिकारीहरूले यहाँ दशकौँपछि पहिलो पटक आएको यो विनाशकारी बाढीले निकै क्षति पुर्‍याएको थियो ।

यहाँ गएको मनसुनी वर्षाको समयमा एक हजार छ सय ९५ जनाको ज्यान गएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

सो प्राधिकरणका अनुसार यहाँ बाढीबाट अरू १२ हजार आठ सय ६५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि सो प्राधिकरणले जनाएको छ ।

सो प्राधिकरणले आइतबार प्रकाशन गरेको एक समाचारमा मृत्यु हुनेमा बालबालिका छ सय ३० जना रहेका छन् । त्यस्तै अरू तीन सय ४० जना महिलाको पनि सो बाढीमा परेर ज्यान गएको छ ।

पाकिस्तानको दक्षिणी क्षेत्रको सिन्ध प्रान्तमा बढी मात्रामा बाढीले क्षति पुर्‍याएको छ । यस प्रान्तमा मात्र सात सय ५९ जनाको ज्यान गएको छ ।

त्यसैगरी यहाँका अधिकारीहरूले सिन्ध पछि बलुचिस्तान र खैबर प्रान्तमा पनि बाढीले क्षति पुगेको जनाएका छन् । यी दुई प्रान्तमा मात्र छ सय भन्दा बढीले ज्यान गुमाएका छन् । रासस /सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button