तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियाको रगंशाला दुर्घटनामा मृत्यु हुनेको संख्या १२७ नाध्यो

काठमाडौं । विश्वकै सबै भन्दा दुखद  रगंशाला दुर्घटनाको संज्ञा दिइएको इन्डोनेसियाको रगंशाला दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२७ नाघेको छ ।

दुई चिर प्रतिद्वन्द्वी बीच खेलिएको फुटबल खेलको क्रममा पूर्वी जावा स्थित रगंशालामा भएको भागदौडमा थप सयौँ घाइते भएका बिबिसीले उल्लेख गरेको छ ।

समर्थकहरुले मैदान प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । त्यस पछि भागदौड मच्चिएको, बिबिसीले
जनाएको छ ।

विश्व फुटबल नियामक निकाय फिफाले समर्थकहरू माथि अश्रुग्याँस प्रयोग गर्नु गलत भएको बताएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button