तपाईँ सुन्दै हुनुहुन्छः

बत्तीस दलले सच्याए बन्दसूची

file photo

काठमाडौँ ।आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ३२ राजनीतिक दलले प्रतिनिधि सभातर्फको समानुपातिकको बन्दसूची परिमार्जन गरेका छन् ।

निर्वाचन आयोगले आइतबारसम्म बन्दसूची संशोधन गर्न अवधि दिएकोमा आइतबार साँझसम्म २३ दलले पहिले प्रस्तुत गरेको सूची संशोधन गरी आयोगमा बुझाएका छन् । निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतबार साँझसम्ममा ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन् । आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याएर बुझाउन आइतबारसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो । उहाँले भन्नुभयो, “हामीले ४८ वटै राजनीतिक दललाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेको त्रुटि सच्चाउन पत्राचार गरेका थियौँ, त्यसमध्ये प्रतिनिधि सभातर्फ ३२ दलका प्रतिनिधिले विवरण सच्याएर सूची बुझाउनुभएको छ ।”

प्रदेश सभातर्फ प्रदेश १ मा ३१ दल, मधेश प्रदेशमा २१, बागमती प्रदेशमा २० दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २४ दल, कर्णाली प्रदेशमा २० दल र सुदूरपश्चिम प्रदेशमा २४ राजनीतिक दलले समानुपातिकको सूची सच्याएर बुझाएको प्रवक्ता वाग्लेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button