तपाईँ सुन्दै हुनुहुन्छः

सैनिकमञ्च टुँडिखेलमा आज फूलपाती बढाई हुने

काठमाडौं । बडा दशैंको नवरात्रको सातौ दिन आज फूलपातिमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले दिउँसो साढे तीन बजे आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति विद्यादेबी भण्डारी सहभागी हुने कार्यक्रम छ ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अङ्गका पदाधिकारीहरु, मन्त्रीहरु पनि सहभागी हुनुहुनेछ ।
राष्ट्रपति कार्यालयका अनुसार, राष्ट्रपति भण्डारीले भोलि सोमबार महाअष्टमीका दिन पलाञ्चोक भगवती र विभिन्न शक्तिपीठहरुको दर्शन गर्नुहुनेछ ।


यसैगरी, महानवमीका दिन पर्सी राष्ट्रपति कार्यालयमा पूजा गर्नुहुने छ । विजया दशमीका दिन राष्ट्रपति भण्डारीले टीकाको शुभ साइत ११ बजेर ५१ मिनेटमा टीका लगाउने, त्यसै दिन १२ बजेर पाँच मिनेटमा आफन्तलाई टीका लगाईदिनु हुने, सवा १२ बजे राष्ट्रपति कार्यालयका सचिवालयका पदाधिकारी र सदस्यहरुले राष्ट्रपति भण्डारीसँग टीका लगाउनुहुने कार्यक्रम तय गरिएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार, विजया दशमीका दिन दिउँसो २ बजे ईच्छुक सम्माननीयहरु, मन्त्रीहरु, नेपाली सेना र प्रहरीका पदाधिकारीहरुले राष्ट्रपतिसँग टीका लगाउन सक्नुहुनेछ । त्यसै दिन दिउँसो तीन बजेदेखि पाँच बजेसम्म टीका लगाउन चाहने सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाई दिनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button