तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला स्तरीय भलिबलको उपाधि आयोजक योङ स्टारलाई

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका ७ दुवाचौरमा आयोजित जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक योङ स्टार युवा क्लबले जितेको छ ।

शनिवार सम्पन्न फाइनलमा सृजनशील युवा क्लब मेलम्ची ७ छापलाई ३–० को सोझो सेटमा हराउँदै योङ स्टारले उपाधि आफ्नो पक्षमा पारेको हो । योङ स्टारले २७–२५, २५–२३ र २५–२३ ले खेल जितेको हो ।

त्यस्तै प्रतियोगितामा जुगल गाउँपालिका तेस्रो भयो भने हेलम्बुले सान्त्वनामा चित्त बुझाएको छ । बिहीबारबाट भएको खेलमा ८ टिम सहभागी भएका आयोजकका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो ।

उपाधिसँगै योङ स्टारले नगद ७० हजारसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना हुने क्रमशः सृजनशील, जुगल गाउँपालिका, हेलम्बु गाउँपालिकाले नगद ४०, २०, १० हजारसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

सहभागी खेलाडीहरूलाई नगर प्रमुख आइतमान तामाङले नगद, कप, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । तामाङले नगरपालिका सधैँभरि खेल क्षेत्रको विकासको पक्षमा रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button