तपाईँ सुन्दै हुनुहुन्छः

परियारको अनुपस्थितिमा कर्णाली प्रदेश प्रमुखको कार्यभार शेरचनले सम्हाल्नुहुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडाको ओटावामा यही असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन जानुहुने भएकोले उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सम्हाल्ने गरी तोक्नुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई कर्णाली प्रदेश प्रमुख परियारको अनुपस्थितिमा काम गर्ने गरी प्रमुखको जिम्मेवारी तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button