तपाईँ सुन्दै हुनुहुन्छः

इजाजत प्राप्त हतियार बुझाउन जिप्रका धनुषाको आग्रह

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत प्राप्त हातहतियार बुझाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा लगत राख्ने गरी हातहतियार बुझाउन अनुरोध गरेको हो ।

चुनावलाई भरपर्दो र विश्वसनीय बनाउनका लागि जिल्लामा रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले आज जारी गर्नुभएको सूचनामा उल्लेख रहेको छ ।

निर्धारित समयभित्र हातहतियार नबुझाए कानून बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

प्रत्येक चुनावमा स्थानीय प्रशासनले इजाजत प्राप्त हतियार बुझाउनका लागि सूचना जारी गर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button