तपाईँ सुन्दै हुनुहुन्छः

तीन दिन लाग्ने बाटो एक दिनमा छोटियो

गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका जान जिल्ला सदरमुकामबाट त्यस क्षेत्रका नागरीहरूलाई अघिल्ला वर्ष सम्म तिन दिन लाग्दथ्यो । नेपाली सेनाले बाटो जिम्मा लिएर खनेपछि अहिले चुमनुब्रीका नागरिकहरू सदरमुकामबाट एकैदिन घर पुग्ने गरेका छन् ।

धार्चे गाउँपालिकाको माछाखोला सम्म मोटरमा र त्यहाँबाट हिँडेर तीन घण्टामा चुमनुब्री पुगिने भएको हो । यस अघि एक दिन आरुघाट, अर्को दिन माछाखोलामा बास बस्नुपर्ने अवस्था थियो ।

गोरखाबाट एकैदिन घर आउने र घरबाट एकैदिन गोरखा पुग्ने गरेको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ जगतका बल बहादुर गुरुङ बताउनुहुन्छ ।

माथिल्लो क्षेत्रका मानिसहरूलाई पनि यहाँ सम्म आउन छिटो हुने गरेको छ । अव सेनाले दुई वर्ष भित्र बाटो साम्दो सम्म पुर्‍याएपछि जिल्ला सदरमुकामबाट एकैदिन सीमा सम्म पुग्न सकिने गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button