तपाईँ सुन्दै हुनुहुन्छः

डेंगू सङ्क्रमणबाट आज २ जनाको मृत्यु: मन्त्रालय

काठमाडौँ । डेंगू सङ्क्रमणबाट आज २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशको ७६ जिल्लामा फैलिइसकेको डेंगू संक्रमण कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको मन्त्रालयका जानकारी दिएको छ ।

file photo

श्रावणदेखि हालसम्म मात्रै देशभर २८ हजार एक सय ९ जनामा डेगूं संक्रमण भएको र बाग्मती प्रदेशमा सबैभन्दा बढी २१ हजार ९ सय ७५ जनामा संक्रमण भएको मन्त्रालयको तथ्याङ्क छ ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगू सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा औषधी आपूर्ति व्यवस्थालाई सहज बनाइएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गदै मन्त्रालयले डेंगू सङ्क्रमणको प्रकोप काठमाडौँ उपत्यकामा सबैभन्दा बढी देखिएको हुँदा पारा सिटामोल औषधी उपलब्धता सहज बनाउँदै विभिन्न निकायहरूलाई निःशुल्क वितरणको व्यवस्थापन गरिएको जानकारी गराइएको छ ।

मन्त्रालयका अनुसार विभिन्न औषधी भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएकोले सम्पूर्ण नीजि स्वास्थ्य संस्था, फार्मेसी, औषधी उद्योग मार्फत उत्पादन र आपूर्ति सहजीकरणका कार्य समेत भइरहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button